Writings
म टिपिएको फूल्
मेरो जिवनको कथा म कवितामा लेखी रहेको छु, काढाको यात्रा पछी फूलको सपना देखी रहेको छु, मेरो जिवनको कथामा म कता कता पुगी रहेको छु, म सबैको जिवनमा भिन्न तरिकले फूली रहेको छु, म पुग्छु कहिले प्राथना र आशाको किरण बनेर, मन्दिरमा देउताको शरण मा, या पुग्छु म शोक र शान्ती को प्रतिक बनेर, घाटमा मृतक्को चरण मा, म हुन्छु माया र प्रेमको किरण बनेर, युवतिको कान मा सजेको, या हुन्छु म कलको प्रतिक बनेर, एउटा कितब्को पानामा दबेको, तर म जहा हुन्छु आफ्नो भुमिका निर्वाहा गर्नेछु, दुखको क्षणलाई मेरो सुगन्धले भर्नेछु, मेरो जिवनको कथा बाट म प्रेरणा छर्ने छु, काढाको यात्रा पछी पनि म फूल बनेर मर्नेछु । -सिजेन
साचो प्रेमी
म नहोला पहिलो प्रेम तिम्रो, तर साचो प्रेमी बन्न सक्छु, यदी सोध्छौ मेरो बिगत तिमिले, म पुराना कथा नि भन्न सक्छु, मलाइ छैन चासो तिम्रो केटा साथिको, तर जिवन साथी म बन्न सक्छु, तिमी भन्छौ यदी पर्ख भनेर, म बर्ष दिन नि गन्न सक्छु, तिमी गर्दैनौ यदी माया मलाइ, म प्रेमको सन्यासी बन्न सक्छु, म मेरा भक्त हरुलाइ, मेरो अधुरो काहनी भन्न सक्छु, तर यदी आउछौ भने अङगालोमा, म सात जुनी पनि कटाउन सक्छु, हाम्रो सम्बन्ध बिच आउलन्, ती हजारौ बाधा हटाउन सक्छु, मलाइ सम्हाल्छौ यदी तिमि, म तिम्रो साहारा बन्न सक्छु, म नहोला पहिलो प्रेम तिम्रो, तर साचो प्रेमी बन्न सक्छु । -सिजेन